Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शुद्ध व्यवसाय गर्न मन्त्री भण्डारीको आग्रह 

काठमाडौँ . उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चामल, तेल तथा दाललगायतका वस्तु उपभोक्तालाई सहज र सुलभरुपमा उपलब्ध गराएर शुद्ध व्यवसाय गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
मन्त्रालयमा आज नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडलगायतको टोलीले कच्चा दाल, गेडागुडी आयातमा १० प्रतिशत र धान आयातमा दुई दशमलव पाँच प्रतिशत अग्रिम आयकर खारेजका सम्बन्धमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले विभिन्न अवस्था देखाएर महङ्गी नबढाउन आग्रह गर्नुभएको हो ।
मन्त्री भण्डारीले भन्नुभयो, “उद्योगी व्यवसायीलाई चिन्ने उद्योग मन्त्रालयले हो, उपभोक्ताको हितमा शुद्ध व्यवसाय गरेमा उद्योगी व्यवसायीका मर्का यो मन्त्रालयले जुनसुकै हालतमा बुझ्छ, तपाइँहरुले यो अवधिमा उपभोक्ताको हितमा पनि ध्यान दिनुस्, मुनाफा मात्रै नसोचिदिनुस् ।”
अन्तर्राष्ट्रिय मूल्य वृद्धि भयो भन्दै बजारमा खानेतेलको मूल्य बढाउने काम बेलाबेलामा गरिने गरिएको भन्दै मन्त्री भण्डारी त्यसो नगर्न आग्रह गर्नुभयो । भारतबाट नेपालमा धान आयात गर्दा कुनै कर नलाग्ने व्यवस्था उद्योग मन्त्रीबाट भएकामा उद्योगी व्यवसायीले सराहना व्यक्त गर्दै नेपालबाट बासमतीलगायत चामलको कोटा न्यून्तम निर्यात मूल्य निर्धारण गर्नुपर्ने लगायतका विभिन्न माग राखेका थिए ।
चामलमा मूल्य घटाए जसरी दाल र तेलमा पनि मूल्य घटाउने प्रयास गर्न मन्त्री भण्डारीले आग्रह गर्दै आयकरलगायत करका दरमा हेरफेर गर्न अर्थमन्त्री स्वदेश फर्किएपछि सम्बन्धित उद्योगी व्यवसायीसँग आवश्यक छलफल गरेर समाधान गरिने बताउनुभयो ।
मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...