Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

युनाइटेड अजोड इन्स्योरेन्सका सिईओको हृदयघातबाट निधन

Machhapuchchhre Bank Limited

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको गएराति हृदयघातबाट निधन भएको छ ।

हिजो राति अबेरसम्म काठमाडौंको होटल सोल्टीमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा विदेशी पाहुनासँगै रमाइरहेका युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावललाई यति छिट्टै नियतीले यसरी बिछोड गराउला भन्ने कसैले पनि सोचेका थिएनन् ।

 

यही कार्तिक ५ गतेदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन नेपाली बीमाकर्मीहरुका लागि कुम्भ मेला झै भइरहेको थियो । दिनभरको भ्याई नभ्याई, छलफल, बहसमा व्यस्तता र कार्यालयको काम दुवै भ्याएर साँझ दुई पुनर्बीमा कम्पनीले आयोजना गरेको गाला डिनर पार्टी सोल्टी होटलमा आयोजना गरिएको थियो ।

 

स्वदेशी बीमाकर्मी र विदेशीसँग रमाउँदै सो पार्टीमा सहभागी भएका सिईओ रावलले आफू बिरामी भएको छनक एक रत्ति पनि नदेखाएको समकक्षीहरु बताउँछन् । १० बजेसम्म अनुभव आदान प्रदानसहित चलेको पार्टीमा रावल सक्रिय रुपमा सहभागी थिए । राति १०ः३० बजेतिर केही साथीहरुलाई घर पुगेर करिब ११ बजेतिर भक्तपुरको कौशलटारस्थित घर पुगेका रावल सामन्य रुपमै सुतेका थिए । राति १ बजेतिर असजिलो भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा पुर्याइएकोमा त्यही चिकित्सकहरुले निधन भएको घोषणा गरेका थिए ।

 

 

 

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३०

  काठमाडौंं । यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक...

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:१४

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८...

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर...

वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

  काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:४९

  काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट...

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्यो

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:०१

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व...