Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

‘लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवालाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गराइने’

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौँ । लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरुलाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको बैङ्ककमा यूएन वुमनले आयोजना गरेको दोस्रो एशिया प्यासिफिक केयर फोरममा भाग लिएर स्वदेश फर्किएपछि अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फोरमपछिको योजनाका विषयमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनलाई प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले र उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमले स्वागत गरेका थिए ।

अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्याङ्क नक्साङ्कन भएपछि लैङ्गिमैत्री सहरी योजना तर्जुमा गर्न र थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।

बुधबारको प्यानलमा कुराकानी गर्दै उनले भनिन्, ‘स्तनपान कक्ष, महिलाका लागि छुट्टै शौचालय, शिशु स्याहार कक्ष, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणलगायत विषयमा धारणा राख्दै महानगरपालिकाले यसका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिसकेको बताईन् ।

‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रुपमा बोल्दै उनले पेशा र व्यवसायमा आवद्ध महिलाहरुको शिशुको केयर, खानपान, औषधि उपचार गर्नु पर्ने ज्येष्ठ नागरिक भएका घरमा त्यस्ता ज्येष्ठ नागरिकको केयर, एउटै भवनमा सेवाका विविधकरणका फाइदाका विषयमा धारणा राखेकी थिइन्। उनले उदाहरण दिँदै भनिन्, ‘सिनेमा घरसँगै शिशु स्याहार केन्द्र भयो भने आमाहरुलाई निर्धक्क सिनेमा हेर्न मिल्छ ।’

केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी शसक्त बनाउने सकिन्छ?, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित थिए । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान भएका थिए ।

महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयलाई फोरममा महत्वका साथ उठाइएको छ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...