Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कृषिमा आत्मनिर्भर हुन सकेमात्र गरिबी घटाउन सकिन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा गरिबी न्यूनीकरणका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । आफू किसानको छोरो भएकाले कषि क्षेत्रको विकासमा निस्वार्थ भावनाले सेवा गर्ने पनि बताए ।

नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले गरिबी हटाउन पहिलो कृषिमा आत्मनिर्भर हुनैपर्नेमा जोड दिए ।

कृषिकर्ममा लागेकाहरुको स्थानीयस्तरको सुझाव संकलन गरेर त्यसको कार्यान्वयनका लागि आफूले सकारात्मक प्रयास गरिरहेको पनि बताए । उनले नेपालमा उत्पादन हुने रैथानी बाली प्रोत्साहन गर्न सामूहिक र व्यवसायीक खेतीमा जोड दिनुपर्ने बताए ।

सरकारले कतिपय कृषि उपजहरुको आयातमा रोक लगाईएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको बताए ।

कृषिको बिकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अभियानलाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन पनि उनले आग्रह गरे ।

गरिबीबाट मुक्ती पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घट्नु चिन्ताको बिषय भएको बताए ।

मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्म गर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मलोहत्रा, नेपाल सरकारकी सहसचिव सवनम शिवाकोटी, चेम्बर अफ कमर्सको कृषि जडीबुटी तथा बनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...