CG Electronics
Ncell NPL
TATA Banner

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्न चेम्बरको जोड

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्षका कमलेशकुमार अग्रवालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । कृषिमैत्री मुलुक परनिर्भर बन्दै गएकोमा चिन्ता पनि व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सको कृषि जडीबुटी तथा बनजन्य समितिले शुक्रबार आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रियामा उनले लगानीमैत्री वातावरण बन्नसके मात्र कृषि क्षेत्रको विकास हुनेमा जोड दिए ।

सरकारको १० बर्षे लगानी नीति निजी क्षेत्रसँगको सहकार्यमार्फत सफल बनाउन सकिने भएकाले सोही अनुसारको योजना तथा कार्यक्रम तयार पारी त्यसको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत क्षेत्रमा सुधार आवश्यक रहेको औंल्याए ।

‘कृषि क्षेत्रका विकास र विस्तारका लागि निजी क्षेत्रलाई आकर्षित गर्न सक्नुपर्छ । उत्पादन र बजारीकरणमा सरकारको सहयोग आवश्यक छ ।

सहुलीयतपूण ऋण र बजारमा सरकार बढी जिम्मेवार हुन जरुरी छ,’ उनले भने,‘देशको कुल ग्रार्हस्थ उत्पादनमा २४.९५ प्रतिशत योगदान कषि क्षेत्रमा आश्रित नागरिकको संख्या झन्डै दुइ तिहाइ रहेकाले १८ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थामा निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायिक एवम औद्योगिक कृषि प्रणालीमा रुपान्तरण गर्नु जरुरी छ ।’

चेम्बर अफ कमर्सले पनि आफ्नो रणनीतिमा कृषिलाई प्राथमिकता दिएको उल्लेख गर्दै अग्रवालले सरकारको नीति तथा कार्यक्रम सफल बनाउन आम कृषकहरुको वास्तविक समस्या पहिचान गरी निजी क्षेत्रसँग साझेदार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्र मुलुक समृद्ध हुने बताए । मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको पनि बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मलोहत्रा, नेपाल सरकारकी सहसचिव सवनम शिवाकोटी, चेम्बर अफ कमर्सको कृषि जडीबुटी तथा बनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए ।

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...