Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्न चेम्बरको जोड

kumari  bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्षका कमलेशकुमार अग्रवालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । कृषिमैत्री मुलुक परनिर्भर बन्दै गएकोमा चिन्ता पनि व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सको कृषि जडीबुटी तथा बनजन्य समितिले शुक्रबार आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रियामा उनले लगानीमैत्री वातावरण बन्नसके मात्र कृषि क्षेत्रको विकास हुनेमा जोड दिए ।

सरकारको १० बर्षे लगानी नीति निजी क्षेत्रसँगको सहकार्यमार्फत सफल बनाउन सकिने भएकाले सोही अनुसारको योजना तथा कार्यक्रम तयार पारी त्यसको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत क्षेत्रमा सुधार आवश्यक रहेको औंल्याए ।

‘कृषि क्षेत्रका विकास र विस्तारका लागि निजी क्षेत्रलाई आकर्षित गर्न सक्नुपर्छ । उत्पादन र बजारीकरणमा सरकारको सहयोग आवश्यक छ ।

सहुलीयतपूण ऋण र बजारमा सरकार बढी जिम्मेवार हुन जरुरी छ,’ उनले भने,‘देशको कुल ग्रार्हस्थ उत्पादनमा २४.९५ प्रतिशत योगदान कषि क्षेत्रमा आश्रित नागरिकको संख्या झन्डै दुइ तिहाइ रहेकाले १८ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थामा निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायिक एवम औद्योगिक कृषि प्रणालीमा रुपान्तरण गर्नु जरुरी छ ।’

चेम्बर अफ कमर्सले पनि आफ्नो रणनीतिमा कृषिलाई प्राथमिकता दिएको उल्लेख गर्दै अग्रवालले सरकारको नीति तथा कार्यक्रम सफल बनाउन आम कृषकहरुको वास्तविक समस्या पहिचान गरी निजी क्षेत्रसँग साझेदार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्र मुलुक समृद्ध हुने बताए । मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको पनि बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मलोहत्रा, नेपाल सरकारकी सहसचिव सवनम शिवाकोटी, चेम्बर अफ कमर्सको कृषि जडीबुटी तथा बनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...