Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्वपुर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् ।

नेपाल विश्वविद्यालयको बिहीबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरि काम गर्न सक्नुपर्ने बताएका हुन् ।

‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहहरुका लागि मात्र नै होइन संसारका सबै मुलुकका विद्यार्थीहरुका लागि समते एउटा महत्वपुर्ण आकर्षणको केन्द्रबिन्दुका रुपमा स्थापना गर्न सक्नुहोस् । यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरि काम गर्न सक्नुहोस्’, उनको भनाइ थियो ।

सरकार सुरुदेखि नै विश्वविद्यालयको प्रगतिका लागि साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो ।

नेपाल विश्वविद्यालय साच्चै नै नेपालको भविष्य निर्माणको निम्ति विशिष्ट विश्वविद्यालय हुनेछ भन्ने आशा गर्न चाहान्छु । सरकारले सुरुदेखि नै नयाँ मान्यता र नयाँ सोचको साथमा नेपाल विश्वविद्यालय स्थापना गर्ने तपाईहरुलाई साथ समर्थन रहँदै आएको हो ।’

 

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...