Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

 

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।

उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५०० रुपैयाँ क्यासब्याक पाउनेछन ।

बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दारकाट्दा “फ्लाईटी” प्रोमो कोड प्रयोग गरी ५०० रुपैयाँ क्यासब्याक पाउनेछन । ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:०१

  बुटवल । नेपालकै चर्चित तथा ठुलो क्रिकेट लिगका रूपमा...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को...

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४८

  काठमाडाैं । डिजिटल वालेटमा वेग्लै पहिचान बनाएको भनिएको ‘खल्ती...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

रियलमीको सर्भिस सेन्टर अब दाङमा

रियलमीको सर्भिस सेन्टर अब दाङमा

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:३९

काठमाडौँ। सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं...

डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक...