कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
Thursday Nov 07, 2024
वि.सं.२०८१ कात्तिक २२ बिहीवार १२:५३
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकले धुलिखेल, काभ्रेस्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरे ।