Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पाेखरा एभेन्जर्सकाे जर्सी सार्वजनिक

kumari  bank

काठमाडौं । एनपिएलकाे सबैभन्दा महंगाे टिम पाेखरा एभेन्जर्सकाे जर्सी सार्वजनिक गरिएकाे छ ।

टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जाेन्टी राेड्सले जर्सी सार्वजनिक गरेका हुन् ।

जाेन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङकाे लाेमान्थाङ पुगेका थिए ।

पाेखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगाे पर्यटनलाई केन्द्रित गरि लाेमान्थाङबाट जर्सी सार्वजनिक गरेकाे अध्यक्ष सुबाेध त्रिपाठीले बताए ।

`जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खाेजेका छौं,´ उनले भने, `गण्डकीमा हिम पर्वत श्रृङ्खलाकाे पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेकाे हिउँकाे कुरा विश्वमै ल्याउन लागिरहेका छौं । यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनकाे लागि पनि हामी आएका छौं´ उनले भने ।

विहीबार गण्डकीमा र्याली निकालेकाे थियौं, पाहुनाकाे स्वागतमा । त्यहाँकाे स्वतस्फूर्त सहभागिताले क्रिकेटप्रतिकाे क्रेज देखाएकाे त्रिपाठीले बताए ।

जाेन्टी राेड्सले पाेखरा एभेनजर्सकाे जर्सी सार्वजनिक गरेका थिए । `पाेखरामा आबद्व हुँदा उत्साहित छु ।
मेराे अनुभव र ज्ञानले पाेखरामात्र हाेइन नेपालकाे क्रिकेटकाे उदयका लागि याेगदान हुनेछ´ उनले भने ।

जाेन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेकाे बताए ।`क्रिकेटमा धेरै अवसर छ । नेपालकाे भविष्य उज्जवल छ ।´ उनले भने ।

कार्यक्रममा पाेखरा गीत प्रस्तुत गरिएकाे थियाे ।

पाेखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले भने, ` पाेखरासँग मित्रवत् एसाेसिएसन हाे । पाेखराले कुनै कुरामा कञ्जुसाई गरेकाे छैन । लाेमान्थाङमै जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो हाे ।´

जलवायु परिवर्तन र दिगाे विकास पर्यटन पनि सँगसँगै हुने उनले बताए । `म यहाँ जाेडिदा जलवायु परिवर्तनकाे सन्देश दिनेमात्र हाेइन दिगाे पर्यटनमा जाेडिएकाे छ । म दुइटामा जाेडिदा गर्व लागेकाे छ´ उनले भने ।

कार्यक्रममा सन्दिप क्षेत्रीले जाेन्टी राेड्ससँग कुराकानी गरे ।

जाेन्टीले राम्राे खेलकुद पूर्वाधार, खेलकाे विकास र अन्तर्राष्ट्रिय स्तरकाे खेलाडी विकास हाेस् भन्ने मेराे चाहना हाे भने ।

कार्यक्रममा पाेखरा एभेन्जर्सकाे अफिसियल गीत बजाइएकाे थियाे ।

कार्यक्रममा क्यानका कप्तान पारस खड्काले नेपाली क्रिकेटकाे विकासमा माेन्टीले आगमनले सघाउने बताए ।

`प्रतियोगितामा टफ्री एउटाले जित्नेछ । तर नेपाली क्रिकेटकाे सहभागिताले राष्ट्रकाे क्षमता अभिवृद्धि गर्नेछ । नेपाली क्रिकेटकाे लागि सुखद हुनेछ´ उनले भने ।

पाेखरा एभेन्जरेसले क्लाइमेट चेञ्जकाे म्यासेज अगाडि बढाउन खाेजेकाेमा खड्काले धन्यवाद दिए ।

१४ वटा हिमाल आराेहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काकाे परिपुरक भएकाे बताउँदै सबैले पाेखरालाई सहयाेग गर्न अनुरोध गरे ।

`जलवायु परिवर्तनले पानीकाे प्रवाह बढेकाे छ । जलवायु परिवर्तनलाई जलवायु परिवर्तन सँग जाेड्नु सुखद छ´ उनले भने ।

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ...

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२५

  क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिाकरी सर्वसम्मत वरिष्ठ...