Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

मध्यपुर थिमिमा ‘मध्यपुर महोत्सव २०८१’ आयोजना हुँदै

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले कला, संस्कृक्ति र सम्पदाको ऐतिहासिक शहर मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको छ ।

शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनुपर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा महोत्सव आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।

पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता रहेको भन्दै पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार हुने पनि जनाएको छ ।

मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो। यसको साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव छ ।

भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न छ । चिमि र बोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको बिस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, छाप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखं (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित छ ।

त्यसैगरी तिकिंवजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ। अधुनिकीकरण तर्फ दूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जीवनशैलीलाई आज पर्यन्त जीवन्त राखेको छ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...