Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

राज्यको नयाँ संरचनाहरुलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल

काठमाडौं । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिदो अवस्थालाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको भन्दै यसको प्रयास सुरु भएको बताएका हुन् ।

उनले भने, ‘पत्रपत्रिकाहरुलाई राज्यले कठोर नियमन गरेर मात्र हुँदैन । उनीहरु आफैं स्वनियमनबाटै चल्नुपर्छ भन्ने मान्यताको लागि ५ दशकदेखि प्रेस काउन्सिल भन्ने संस्था त्यसकै लागि छ । यसलाई नै मिडिया काउन्सिल भनेर लान खोजेको हो ।

पहिला पत्रपत्रिकाको क्षेत्रलाई मात्र यसले समेट्ने गरेको थियो तर प्रशारण क्षेत्रलाई नसमेटेको हुनाले त्यसलाई पनि समेट्नको लागि र अर्को भनेको प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको हो । र यसको प्रयास सुरु भएको हो ।’ यसको साथै, उनले यो विधेयकमा आमसञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु रहेको पनि बताए ।

 

उनले भने, ‘विधेयकमा आम सञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु छन्, जुन किसिमले यी संस्थाहरुलाई व्याख्या गर्नुपर्ने हो त्यो हिसाबले यो विधेयकमा स्पष्ट परिभाषा गरेको छैन ।’

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...