शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा
Monday Nov 11, 2024
वि.सं.२०८१ कात्तिक २६ सोमवार ०८:५४
काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड २० लाख १० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले २३ करोड ६६ लाख ८४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए ।
बैंकले यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ११.०५ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ११.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १३ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १८.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २८.४२ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २२ प्रतिशत र आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।