Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालका चार प्रविधि संस्था ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

 

काठमाडौँ । जापानको टोकियोमा आयोजित असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा नेपालका चार प्रमुख प्रविधि संस्थाहरू अन्तर्राष्ट्रिय सम्मान भएका छन्। एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) द्वारा नोभेम्बर ६ देखि ८ सम्म सञ्चालित शिखर सम्मेलनमा नेपाली प्रविधि संस्थाहरूले प्रतिष्ठित असोसियो अवार्ड २०२४ प्राप्त सम्मानित भएका हुन्।

पुरस्कृत संस्थाहरूमा इरासफ्ट सोलुसन प्रालि, इन्फोडेभलपर्स प्रालि, डाइनामिक टेक्नोसफ्ट प्रा.लि र नेपाल इन्टरनेट फाउन्डेसन रहेका छन्। इरासफ्ट सोलुसन प्रालिले ‘आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड’ पाएको छ भने इन्फोडेभलपर्स प्रालिले ‘डिजिटल गभरमेन्ट अवार्ड’ पाएको छ । डाइनामिक टेक्नोसफ्ट प्रा.लिले ‘एडटेक अवार्ड’ र नेपाल इन्टरनेट फाउन्डेसनले ‘इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड’ प्राप्त गरेको छ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली प्रविधि कम्पनीहरूको यस उपलब्धिबाट नेपाललाई विश्व प्रविधि क्षेत्रमा उभ्याउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “क्यान महासंघको उद्देश्य नेपालका सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धन गर्नु हो। असोसियोको सदस्यका रूपमा हामीलाई विश्व मञ्चमा नेपालका उत्कृष्ट प्रविधि उत्पादन र सेवाहरू प्रस्तुत गर्ने अवसर मिल्नु गौरवको विषय हो।”

असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संघहरूको अन्तर्राष्ट्रिय महासंघ हो, जसमा क्यान महासंघ नेपालका प्रतिनिधि संस्थाका रूपमा सदस्य रहेको छ। यो शिखर सम्मेलनमा नेपालसहित विभिन्न राष्ट्रका २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू मनोनयनमा परेका थिए। जसमा क्यान महासंघले नेपालका चार उत्कृष्ट संस्थाहरूलाई सिफारिस गरेको थियो।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...