Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप नचर्काउन आगह गर्दै युरोपमा शान्ति स्थापना गर्ने विषयमा छलफल गरेका थिए ।

ट्रम्पले यो वार्तामा रुसले युक्रेनमा कब्जा गरेका भूभागको विषय पनि उठाएको जनाइएको छ । तर, यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । ट्रम्पले आफ्नो कार्यकालमा युद्धलाई थप बिग्रन नदिने इच्छा व्यक्त गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार युक्रेन सरकारलाई पनि ट्रम्प–पुटिनको यस वार्ताको जानकारी दिइएको छ । ट्रम्पले आफूले युक्रेन युद्धलाई छिट्टै समाधान गर्ने बताउँदै आए पनि कसरी शान्ति स्थापना गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन् ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता भने रोक्ने संकेत गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अरबौं डलरको सैन्य सहायता दिएको छ । ट्रम्पका अभियान अधिकारी ब्रायन लान्जाले भने ‘शान्ति प्राप्त गर्न युक्रेनले केही भूभाग छोड्नुपर्ने हुन सक्छ ।’ तर, ट्रम्पका प्रवक्ताले भने यो कुरा ब्रायन लान्जाको व्यक्तिगत धारणा रहेको र ट्रम्पको आधिकारिक धारणा नभएको प्रस्ट पारेका छन् । रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको शान्तिको प्रस्तावलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन् । उनका अनुसार, ट्रम्पले सम्झौतामा विश्वास गर्ने र शान्तिको लागि पहल गर्न चाहने कुरा गरेका छन् ।

यस्तै, ट्रम्पले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग पनि फोनमा वार्ता गरेका छन् । उक्त वार्तामा दुबै नेताहरूले युरोपमा शान्ति फर्काउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा...

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:०३

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति...

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको...

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री...

वि.सं.२०८१ मंसिर १७ सोमवार १०:५७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र...

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा हस्ताक्षर

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:०८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को...

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ, अध्यक्ष ढकाल

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ,...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:५६

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...