शाओमीले उच्च–क्षमता र फास्ट चार्जिङसहितको नयाँ पावर ब्यांकहरू सार्वजनिक गर्यो
Saturday Nov 16, 2024
वि.सं.२०८१ मंसिर १ शनिवार १२:५३
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्यांकहरू सार्वजनिक गरेको छ। उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ।
नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ सहितको शाओमी पावर ब्यांक ४ आई १०००० एमएएच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्यांक ४ आई २०००० एमएएच र २२.५ वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्यांक १०००० एमएएच रहेका छन्।
लन्चको क्रममा शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, “हामी आफ्ना ग्राहकहरूको परिवर्तनशील आवश्यकतालाई राम्रोसँग बुझ्छौं। ग्राहकवर्गले आफ्नो व्यस्त जीवनमा द्रुत र भरपर्दो समाधान खोजिरहेको अवस्थामा हामी उहाँहरूलाई अझ बढी सुविधा, कार्यक्षमता भएको पावर बैँकहरु प्रदान गरी उहाँहरुको डिभाइसमा जुनसुकै समयमा र जहाँसुकै पावर रहिरहोस् भन्ने चाहन्छौँ।”
यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ क्षमता, बहु–उपकरण चार्जिङ र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्दछ।
शाओमी पावर ब्यांक ४ आई १०००० एमएएच (२२.५ वाट फास्ट चार्ज)
शाओमी पावर ब्यांक ४ आई. १०००० एमएएच. फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ। २२.५ वाटको फास्ट चार्जिङ र टाइप सी पोर्टको साथ यस पावर बैँकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पुर्याउँदछ। यो कम्प्याक्ट डिभाइस यु.यस.वी–ए र यू.स.बी–सी पोर्टसहित उपलब्ध छ जसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्नसक्छ। उच्च सुरक्षा सुविधाहरू उपलब्ध रहेको यो पावर बैँकले धेरै तात्ने र सर्ट–सर्किट जस्तो समस्याबाट सुरक्षा प्रदान गर्दछ।
मुख्य फिचरहरू:
* ब्याट्री क्षमता: १०००० एमएएच (३७ वाट आओर)
* इनपुट (टाइप–सी): ५ भोल्ट/३ एम्पियर, ९ भोल्ट/२.५ एम्पियर
* आउटपुट (टाइप–सी/–यु.एस.बी): २२.५ वाटसम्म
* डाइमेन्सन: १४.७८ ८ ७.३९ ८ १.५३ सेन्टीमिटर
* चार्जिङ समय: ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ४ घण्टामा
शाओमी पावर ब्यांक ४ आई २०००० एमएएच (३३ वाट सोनिक चार्ज)
अधिक पावर र लामो प्रयोग आवश्यक पर्नेहरूको लागि शाओमी पावर ब्यांक ४ आई २०००० एमएएच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ। दुईवटा १०००० एमएएचको लिथियम–आयन ब्याट्रीहरू सहित यस पावर ब्यांकले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न पर्याप्त ऊर्जा प्रदान गर्दछ। यसको टाइप–सी पोर्टले अन्य डिभाइसका साथै पावर ब्यांक स्वयंलाई पनि छिटो दुई–तर्फी चार्जिङको अनुमति दिन्छ। मजबुत निर्माण गुणस्तर र १२–लेयरको सेफ्टी प्रोटेक्सनको साथ, यो पावर बैँक लामो समयसम्मको प्रदर्शनको लागि निमार्ण गरिएको कम्पनीले जनाएको छ।
मुख्य फिचरहरू:
* ब्याट्री क्षमता: २०००० एमएएच (७४ वाट आओर)
* इनपुट (टाइप–सी): ३० वाटसम्म
* आउटपुट (टाइप–सी/यु.एस.बी–ए): ३३ वाटसम्म
* डाइमेन्सन: १५.०६ ८ ७.२२ ८ २.६३ सेन्टीमिटर
* चार्जिङ समय: ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ६.९ घण्टामा
शाओमी पकेट पावर ब्यांक १०००० एमएएच (२२.५ वाटको साथ बिल्ट–इन केबल)
बिल्ट–इन टाइप–सी चार्जिङ केबलसहित शाओमीको पकेट पावर ब्यांकले सुविधा र स्टाइल दुवै प्रदान गर्दछ। कम्प्याक्ट र शक्तिशाली यो १०००० एमएएच पावर ब्यांकले २२.५ वाटसम्मको चार्जिङ लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ। यसको टिकाउपना र पकेट–साइजको डिजाइनले यसलाई हरेक यात्रामा प्रयोग गर्न सहज सकिन्छ।
मुख्य फिचरहरू:
* ब्याट्री क्षमता: १०००० एमएएच (३७ वाट आओर)
* इनपुट: २२.५ वाट
* आउटपुट (टाइप–सी/यु.एस.बी–ए/बिल्ट–इन केबल): २२.५ वाटसम्म
* आयाम: १०५.२ ८ २६.९ ८ ६५.२ मिलिमिटर
* चार्जिङ समय: ९ भोल्ट/२.५ एम्पियर चार्जरसहित लगभग ३.५ घण्टा
बजार उपलब्धता
२२.५ वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्यांक ४ आई १०००० एमएएच रू.३,४९९ मा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्यांक ४ आई २०००० एमएएच रू.४,९९९ मा उपलब्ध छ। त्यसैगर २२.५ वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्यांक १०००० एमएएच रू.४,२९९ मा उपलब्ध रहेको छ।