Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

राहदानीको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी

काठमाडौं । सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् ।
पाँच दिनदेखि नयाँ राहदानी बनाउन नपाएका सेवाग्राहीले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा आइतबार होहल्ला समेत गरेका थिए । उनीहरुले छिटो सेवा सुरु गर्न माग गरेका थिए ।

विभागका प्रवक्ता विवेक रिजालले करिब तीन दिनजति सेवा समस्या आएको बताए । तर आइतबारदेखि सेवा सुचारु भएको उनले दाबी गरे । ‘सर्भरमा तथ्यांक व्यवस्थापनमा केही समस्या आएको हो । तर आइतबारदेखि आंशिक रुपमा समस्या समाधान भइसकेको छ । विस्तारै अन्य समस्याहरु समाधान हुँदै जानेछ । के कारणले समस्या आएको हो भन्ने विषयमा अध्ययन भइरहेको र केही दिनमा प्रतिवेदन आएपछि मात्र त्यसबारेमा बताउन सकिन्छ,’ उनले भने ।

विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुबाट राहदानी सेवा प्रभावित रहेको जानकारी दिएको थियो । तर आइतबार दिउँसोबाट सेवामा सहज भएको प्रवक्ता रिजालले नेपाल न्यूज बैंकलाई जानकारी दिए । उनले मिडियामा बढी प्रचारबाजी भएको दुखेसो गरे ।

यद्यपि, विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ । समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले सम्पूर्ण सेवा छिट्टै समाधान हुने जनाएको छ । अत्यावश्यक सेवा सुरु भएको र सबैतिर सामान्य हुन केही दिन लाग्ने विभागको भनाइ छ । पुरानो अवेदकहरुको काम सुचारु भएको जनाइएको छ ।

सेवा रोकिंदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको थियो । विभागले गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...