सोमबार र मंगलबार मनकामना केबलकार बन्द हुने

Monday Dec 16, 2024
वि.सं.२०८१ पुस १ सोमवार ०८:५०

काठमाडौं । मर्मत सम्भारका लागि मनकामना केबलबार दुई दिन बन्द हुने भएको छ । केबलकारको सेवा पुस १ र २ गते दुई दिन बन्द हुने भएको हो ।
टावरको मर्मत सम्भारपछि आउँदा बधवार (पुस ३ गते ) देखि नियमित संचालनमा आउने छ । तर, वटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने भएका छन् ।