Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

इसेवा महा-उत्सव बम्पर उपहार विजेता घोषणा : रविले जिते नामी कार

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । इसेवाले यसै वर्ष दशैंलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको इसेवा महा-उत्सवको बम्पर उपहारका विजेताको नाम घोषणा गरेको छ ।

सोमबार फेसबुक मार्फत लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामी इलेक्ट्रिक कार जित्न सफल भएका छन् । ललितपुरको पुल्चोकस्थित एलिस कन्फ्रेन्समा आयोजित एक औपचारिक कार्यक्रमबीच बम्पर उपहार विजेता घोषणा गरिएको हो ।

इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रिएटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा-उत्सवको बम्पर उपहार विजेता छनोट गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खेलाडीहरु र कलाकारहरु पनि उस्थित थिए । २०८१ साल असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको इसेवा महा-उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

महा-उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरु साथै बम्परमा नामी इलेक्ट्रिक कार जित्ने मौका पनि थियो ।

इसेवा महा-उत्सवका अधिकांश विजेताहरूको नाम सोमबार नै इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको छ । यस क्रममा सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले भने १०० रुपैयाँको खेलमा आईफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ हात पारेका थिए ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...