Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा मन्त्री सिंह, छिटो काम सक्न निर्देशन

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।

पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए ।

सडकमार्गमार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गर्नुभएको चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गरे । सडक निर्माण कार्य शुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए ।

 

उनले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए । ‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहेपनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरूरी हुने पनि बताए । चुनावका क्रममा कुनै दलबाट उमेदवार बनेपनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि स्थानीय वासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ । तर, त्यसो भनेर बसेर मात्र भएन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘राम्रो काम गराउनका लागि के गर्नुपर्यो भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारीबोध गराउनसक्नुपर्छ ।

सबै मिल्नुपर्छ ।’ उनले चन्द्रागिरी चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए ।

उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडि भन्दा बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिईरहेको बताए । अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उनले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएपको बताए । तर,नागरिकको चाहना अनुसार अझै काम गर्न बाँकी रहेको र त्यसमा सरकारले प्रयास गरिरहेको सिंहको भनाई थियो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेश सभापति समेत रहनुभएका बागमती प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

सिंहले आज मकवानपुरको मनहरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नेछन् । सिंह चन्द्रागिरी चित्लाङ सडक मार्ग हुँदै मनहरी नगरपालिका गएका हुन् । सिंहसँगै उर्जा राज्यमन्त्री कान्छाराम तामाङ र नेपाली कांग्रेस बाग्मति प्रदेश सभापति बानियाँ पनि कार्यक्रममा सँगै सहभागी छन् ।

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...