Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’

 

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका ?पमा ‘विजुली बस’, ‘विजुली माइक्रो’ सडकमा बाक्लै हुइँकिन थालेका छन् ।

वर्षेनी ठूलो संख्यामा आयात भइरहेको विद्युतीय गाडीको प्रयोग लोकप्रिय बने पनि त्यसको व्यवस्थापनमा थुप्रै समस्याह? देखिने गरेका छन् । चार्जिङ स्टेसनको कमी, चार्जिङ मापदण्डको अभाव, कर र ब्याट्री व्यवस्थापनलगायतका थुप्रै समस्याह? देखिने गरेका छन् ।
सरकारले इलेक्ट्रिक बस, माइक्रो, स्कुटर ल्याउने नीति लिँदै गर्दा विद्युतीय सवारी साधन चल्न सक्ने सडक छन् कि छैनन् भन्नेबारे सोच नपुर्याएको व्यवसायीह?को गुनासो छ ।

 

विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने सरकारको नीति सकरात्मक भएपनि व्यवस्थापन र नीतिगत सुधारमा कमजोरी भएको व्यवसायीको भनाइ छ । सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापती सरकारको नीतिले मात्र नहुने भन्दै पहिले सडकको गुणस्तर सुधार्नुपर्ने बताउँछन् ।

‘सरकारले अहिलेकै अवस्थामा इलेक्ट्रिक गाडी भित्र्याउनुलाई गलत भन्नुपर्छ । किनभने डिजेल गाडी जस्तो सहज इभी छैन । यात्रुह?को लागि इभी सहज भएपनि चालक र व्यवसायीह?लाई समस्या भएको गुनासोह? आइरहेको छ । नेपालका सडकका कारण इभी सुरक्षित र राम्रो छैन,’ उनले भने । ‘इभी गाडी सरकारले ल्याउने भनेर मात्र हुँदैन।

चार्ज गर्ने स्टेशन पनि बनाउनुपर्छ । चार्ज गर्ने स्टेसन नहुँदा चालकह?लाई टाउको दुखाइ भएको छ । ७५ प्रतिशत चार्ज हुनको लागि ९० मिनेट लाग्छ, चालकले रातिको १२ बजेसम्म लाइन बस्नुपर्छ । उही चालकले लाइन बसेको भोलिपल्ट बिहानैदेखि यात्रुह? बोक्नु पर्ने हुन्छ । चार्ज गर्नको लागि १२ बजेसम्म बस्नु परेपछि कसरी काम गर्न सकिन्छ,’ प्रजापतीले प्रश्न गरे ।

हिजोआज जति विद्युतीय साधन बढेको छ सो अनुसार चार्जिङ् स्टेशन नहुँदा समस्या दिनहुँ बढ्दै गएको यातायात व्यवसायीह?को भनाइ छ ।

आवश्यकता भएको समय गाडी चार्ज गर्न ९० मिनेटसम्म कुर्नुपर्ने, चार्ज गर्ने ठाँउमा ट्रान्स्मीटर हाल्न पनि धेरै महंगो पर्ने तर डिजेल गाडीमा पाँच मिनेटमै इन्धन भर्न सकिने प्रजापतिको भनाइ छ । ‘व्यवसायीह? चर्को मर्कामा छन् । यसका लागि सरकारले ठाँउ ठाँउमा चार्जिङ् स्टेशन राख्नुपर्छ । प्रर्याप्त मात्रामा चार्जिङ् स्टेशन नहुँदा समस्या दिनहुँ बढ्दो छ,’ उनले भने । साथै, सरकारले इभी गाडी चलाउनको लागि बाटो पनि सुधार गर्नुपर्ने जस्तो देखिन्छ, होइन भने केही वर्षमा सबै व्यवसायी पलायन हुने सम्भावना छ ।’

उनले भने, ‘हाल नेपाल सरकारको नीति अनुसार ९५ वटा डिजेल गाडी छन् । त्यो हटाएर हाल २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएका छौं । काठमाडौंभित्रको लागि यि गाडी राम्रो लागेको छैन, लामो दुरीको लागि पनि कच्ची बाटो छ । पछाडीको चक्का बढी चिप्लिने समस्या छ । त्यसैले इभीप्रति व्यवसायी खुशी छैनन् ।

खरिद र खर्चका हिसाबमा पनि इभी धेरै महंगो हुने गरेको छ । विगतमा डिजेल गाडी १३–१४ लाखमा आउने तर अहिले ५१ लाख बुझाउनुपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । व्याज र पार्टस् महँगो परेको उनीह?को भनाइ छ । डिजेल गाडीले भन्दा इभीमा टायर धेरै खिइने भएकाले मर्मतमा धेरै खर्च हुने गरेको पाइन्छ ।

विदेशतिर भाडाका गाडी सरकारले चलाउनुपर्ने व्यवस्था छ । व्यवसायीह? आफैंले लगानी गरेर सेवा दिइरहेकाले इभीको भाडादर घटाउन नसकेको व्यवसायीको भनाइ छ । यस्तै, नेपालको पैसा नेपालमा नै राख्न इन्धनवाला गाडीलाई इभीमा परिणत गर्ने उद्देश्यले इन्जिन् निकालेर ब्याट्री हालेर चलाउन खोज्दा सरकारले नमानेको पनि प्रजापतिको गुनासो छ ।

 

गाडीह?लाई फिट्नेशको आधारमा चलाउन, पाँचसात लाख ?पैयाँ खर्च गरेर राम्रो तरिकाले बनाउने हो भने सहज हुने उनको भनाइ छ । सामाखुशी यातायातका इभी गाडी काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपी क्षेत्रमा सञ्चालित रहेको उनले जानकारी दिए ।

इभी गाडीह?को अपाङ्मैत्री नभएको गुनासो आइरहेकाले त्यसमा सुधार गर्नुपर्ने प्रजापतिको भनाइ छ । प्रजापतीका अनुसार नै अपाङ्मैत्री गाडी चलाउनको लागि नेपालमा सडककै अभाव रहेको उनले दोहोर्याए ।

प्रजापतिको जस्तै अधिकांश यातायात व्यवसायीको गुनासो एकै किसिमको रहेको पाइन्छ । सवारी किन्न मात्र महँगो नहुने तर पाल्न महँगो हुने, सवारीमा प्रयोग हुने इन्धन र मर्मतमा नियमित खर्च आउने र पार्टस् फेर्नु पर्दा उत्तिकै खर्च हुने गरेको उनीह?को गुनासो छ । विद्युतीय कार, मोटरसाइलक, स्कूटर उपभोक्ताले घरमा नै चार्ज गर्न सकिने भएपनि चार्जिङ स्टेशनको लागि विद्युत् प्राधिकरणले छुट्टै महसुल तोकेको उनीह?को भनाइ छ ।

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...