Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

शाओमीको साउन्ड आउटडोर स्पिकर : कम्प्याक्ट, शक्तिशाली र टिकाउ

Machhapuchchhre Bank Limited

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ । अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले पार्टी आयोजना गर्दा होस् वा एक्लै विश्राम लिँदा होस् यसले शक्तिशाली अडियो, लामो समयसम्मको प्रदर्शन र मजबुत टिकाउपनाको सुनिश्चितता प्रदान गर्ने कम्पनीले बताएको छ ।

शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले आफ्नो विचार राख्दै भने, “हाम्रा ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै नवीन, टिकाउ र स्टाइलिस उत्पादन प्रदान गर्ने लक्ष्यका साथ हामीले शाओमी साउन्ड आउटडोर स्पिकर नेपाली बजारमा ल्याएका हौँ । यसको मजबुत विशेषता र किफायती मूल्यले नेपालमा आउटडोर अडियो अनुभवलाई नयाँ परिभाषा दिनेमा हामी ढुक्क रहेका छौँ ।”

अवार्ड विनिङ डिजाइन

शाओमी साउन्ड आउटडोर स्पिकरले प्रतिष्ठित रेड डट डिजाईन अवार्ड जित्न सफल भएको थियो । यो स्पिकर तीन आकर्षक रंगहरू—ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलोमा उपलब्ध रहेको छ । कम्प्याक्ट साइजमा बनेको यो स्पिकरको आकार १९७ह६८ह६६ मिलिमिटर र तौल भने मात्र ५९७ ग्राम रहेको छ ।

अडियो र कनेक्टिभिटीमा उत्कृष्टता

३० वाटको पावरफुल अडियो आउटपुट र डुअल पासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुन्छ र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्छ । साथै अझै ठूलो अडियो सेटअपको लागि प्रयोगकर्ताहरूले दुई स्पिकरलाई स्टेरियोको रूपमा पेयर गर्न पनि सक्नेछन् वा पार्टी माहोल बनाउन यो स्पिकरलाई १०० वटासम्मका स्पिकरलाई लिंक गर्न सकिनेछ ।

टिकाउपन र ब्याट्री लाइफ

विशेषगरी आउटडोर प्रेमीहरूका लागि डिजाइन गरिएको र आइपि ६७ रेटिंग पाएको शाओमी साउन्ड आउटडोर स्पिकर धूलो र पानी प्रतिरोधी पनि रहेको छ । लामो समयसम्म चल्ने यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घण्टासम्म प्लेब्याक प्रदान गर्दछ । साथै यो केवल २.५ घण्टामा पूणर् रूपमा चार्ज हुने यो स्पिकरले लामो यात्रामा पनि अविरल मनोरञ्जन सुनिश्चित गर्दछ ।

स्टाइल, कार्यक्षमता र टिकाउपनलाई संयोजन रहेको शाओमी साउन्ड आउटडोर स्पिकर घरमा वा यात्राको लागि उपयुक्त विकल्प बनाउन सफल भएको छ ।

मूल्य तथा बजार उपलब्धता

शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य रु. ६,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक एमआई स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

 

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...