बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक
Tuesday Dec 24, 2024
वि.सं.२०८१ पुस ९ मंगलवार १९:३०
काठमाडौं । नेपालमै पहिलोपटक मंगलबारदेखि सुरु भएको ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ का अवसरमा बिवाइडी इलेक्ट्रिक गाडी सार्वजनिक गरिएको छ ।
बिवाइडीको मुख्य प्रायोजन रहेको नौदिने महोत्सवमा नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक भएको हो ।
मंगलबार बेलुन नेपाल फेस्टिवलको उद्दघाटन समारोहमा बिवाईडीले आफ्नो नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको हो । यो गाडी चारवटा रंगमा उपलब्ध छ । ५८ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको यो इलेक्ट्रिक गाडीले एकपटकको चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।