Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

भ्रामक समाचारको पछि नलाग्न इसेवाको अनुरोध

Machhapuchchhre Bank Limited

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरुको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गर्दछौं । केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको छ ।

इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराउन चाहान्छौं । सर्वप्रथम इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौं ।

भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ ।

यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ ।

आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न इसेवा आग्रह गर्दछ । इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेकोमा इसेवा विश्वस्त पार्न चाहन्छ ।

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...