Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

kumari  bank

काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।

उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताएका छन् । उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुशुचित भएको भनिरहेका हुन्छन् । तर यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदी यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’

साथै, उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन् ।


यसैगरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने बताएकी छन् । उनले हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेने बताएकी हुन् ।


उनले भनिन् ,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने छौं । हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेर काम गर्ने छौं । ’

साथै, उनले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने बताइन् । उनले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैं लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर अगाडि बढ्ने बताइन् ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...