Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शिक्षालाई व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको वीजनस ईन्कुवेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले समय अनुकूल गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षालाई अंगाल्नुपर्ने अनिवार्य आवश्यकता रहेको बताएका हुन् ।

मुख्यमन्त्री लामाले वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने भन्दै शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने धारणा राखे ।

उनले व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै यस सेन्टरले व्यवसायिक जनशक्ति उत्पादन गर्ने र विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले व्यवसायिक जनशक्ति उत्पादनको क्षेत्रमा प्रदेश सरकार लगानी गर्न तयार रहेको समेत बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न, केही छैन भन्ने सोँच बदल्न जरुरी रहेको बताए ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि क्याम्पसमै सीप सिकाई आत्मनिर्भर बनाउने तथा रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सेन्टरले व्यवसायिक जनशक्ति उत्पादन गरि देशमै बसेर केही गर्न सक्छौँ भन्ने सोचको विकास गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख एम सिलवालले विद्यार्थीमा पढाइसँगै सीप र रोजगारीको सृजना गर्ने, क्षमता अभिवृद्धिसँगै रोजगारी सृजना गर्ने, रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ ईक्युवेसन सेन्टर सञ्चालन गरिएको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्यलगायत सदस्यहरु, शिक्षक, विद्यार्थीलगायत क्याम्पसका कर्मचारीहरूको उपस्थिति थियो ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...