Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल एसबिआई बैंकद्वारा ताल बाराही मन्दिर पुनर्निर्माणका लागि रु १० लाख सहयोग

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

पोखरा। नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखराको फेवातालस्थित ऐतिहासिक र धार्मिक महत्वको ताल बाराही मन्दिर पुनर्निर्माणका लागि रु १० लाख आर्थिक सहयोग प्रदान गरेको छ। यो रकम मन्दिर पुनर्निर्माणको क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गा खरिद गर्न खर्च गरिनेछ।

सो सहयोग रकम बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम शर्मा पहारीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।

यस कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, संचालक पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले स्थानीय समुदायमा संस्कृति र सम्पदा संरक्षणका लागि समय समयमा यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम, र १ कर्पोरेट कार्यालयमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...