Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लम्कि बासिका खानेपानीका समस्या समाधान गर्छौ : मन्त्री यादव

Machhapuchchhre Bank Limited

लम्कि (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताएका छन् ।
बुधबार कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले उक्त आयोजना सम्पन्न भए यस क्षेत्रमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए।

उनले भने,नगरिकलाइ सुद्ध पानी बितरण गर्ने सरकारको प्रमुख लक्ष र उदेश्य हो । लम्किमा निर्माण भैरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ ।’

 

अनुगमन तथा निरीक्षणका क्रममा सन्चारकर्मिलाइ संछिप्त प्रतिक्रिया दिनु हुँदै मन्त्री यादवले आम देशबासी नागरिकलाई शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व भएको बताउनु भएको छ । उनले भने,‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु ।’

मन्त्री यादवले सुदुर पश्चिम् का आम नगारिकहरुका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताए । उनले भने,‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।’

आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो ।
उनले भने,‘सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ।’

चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।
तराइँ क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राखे ।
उनले भने,‘चुरे दोहनले तराइँमा भुमिगत पानी सुक्न थालेका छन् । चुरे दोहन गर्ने अब बन्द गर्नु पर्छ ।’

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...