CG Electronics
Ncell NPL
NIMB

चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दैछौ । अरु मन्त्रालयहरुले पनि नीतिगत सुधार र अर्थतन्त्रलाई चलाएमान बनाउने, स्रोतलाई अधिक्तम परिचालन गर्ने रोजगारी सिर्जना गर्ने र लामो समयदेखि भन्दै आएको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।’

यसका साथै, उनले बोलेर मात्र होइन काम गरेर देखाउनुपर्ने भन्दै प्रतिवेदनमा राखिएका लक्ष्य प्राप्तीका लागि अगाडि बढ्ने बताए ।

उनले सार्वजनिक खरिद ऐनलाई पनि व्यवस्थित गर्नुपर्ने बताए । ‘मलाई जोडेर चेक वितरण भएको कुरा आएको छ । मैले पढिरहेको छु, यो कल्पित कुरा हो र असम्भव हो । यस्ता विषयमा म त्यति आक्रोसित हुन चाहन्न ।

यसलाई चुनौतिका रुपमा लिएको छु । कसैले प्रमाणित गर्यो भने जीवनभर राजनीति नगर्ने मात्र होइन्, यो प्रमाणित गरेर त्यो चेक मलाई दिनेलाई म त्यो भन्दा पाँच गुना बढि पुरस्कार दिन्छु । यस्तो भ्रमित कुराको प्रचार प्रमाण बिना नगर्नुहोला,’ उनले भने ।

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड...

वि.सं.२०८२ चैत ३० सोमवार २३:४९

  काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस...

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...