Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन् : मन्त्री पाण्डे

Machhapuchchhre Bank Limited

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतीहरु हटाउन सकिने बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा सकारात्मक बाटो तय गर्न सक्ने बताएका हुन् ।
उनले भने , ‘हामी अहिले निकै ठूलो अप्ठ्यारोमा छौं ।

जति पनि समितिमा जति पनि विषयहरु उठछन् र सरकारमा गएर हामीहरुले काम गर्ने कोसिस गरिरेका छौं । सबै अप्ठ्यारा समाधानका निम्ती निकै ठूलो तत्परता चाहिन्छ । राजनीतिक सन्र्दभमा पनि दुई ठूला दल एक ठाउँमा आउने गठबन्धन बनाउने र स्थिर सरकार दिएरै थुप्रै विकृति र बिसंगतीसँग लड्न सकिन्छ की भन्ने कुराको सदिक्षा हो ।

यसको अर्थ यो होइन की अरु राजनीतिक दलहरु निषेधमा परुन्, बलियो गठबन्धन, बलियो गठबन्धनले दिने राजनीतिक स्थिरता त्यसमा सबैको साथ सहयोग माओवादी, समाजवादी, जसपा र राप्रपालगायत सबैको साथ सहयोग भएपछि मात्रै देशले एउटा सकारात्मक बाटो तय गर्न सक्छ ।’
यसैगरी उनले अहिले दिन प्रतिदिन युवाहरुमा निरासा बढ्दै गैइरहेको बताए । उनले युवाहरु रोजगारीका लागि विदेश पलायन धेरै नै बढीरहेको बताए । यसैगरी मन्त्री पाण्डेले कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारे।

उनले भने, ‘मेरो कुनैपनि विभागीय कर्मचारीहरुमथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’
उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उदघोष गरे । उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने समेत उल्लेख गरे ।

उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पारे ।

त्यस्तै छलफलमा भाग लिदैं नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा समिति सदस्य माधव कुमार नेपालले,वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनमा कहाँ –कहाँ समस्या छ त्यसको बारेमा ठिक ढंगले छलफल गर्नुपर्नेमा जोड दिए । वायु सेवा निगमको विमानसेवा सञ्चालनमा देखिएको समस्याको अध्ययन गर्ने एउटा समिति निर्माणगरी र विस्तृत अनुसन्धान र अध्ययन गरेर समस्या समाधान तर्फ लाग्नु पर्ने उनको सुझाव छ ।

उनले भने,‘नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनमा कहाँ कहाँ समस्या छ त्यसको बारेमा ठिक ठिक ढंगले छलफल गरौ । म सभापतिलाई भन्न चाहन्छु । यसबारे अध्ययन गर्ने एउटा समिति निर्माण गरौं । र समस्या समाधानको लागि समितिको सदस्यहरुको. पनि सुझाव लिने विज्ञहरुको. पनि राय लिने र जति समय पनि लागोस् तर विस्तृत अनुसन्धान र अध्ययन गरेर समस्या समाधान तर्फ लागौं । ’

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...