Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल धितोपत्र बोर्डको आयोजनामा एक दिने पुँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को आयोजनामा एक दिने पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बोर्डले महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा सोमवार काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा फेजाका २५ जना सदस्यहरुलाई सहभागी गराइएको थियो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले बोर्डले पहिलो पटक महिला आर्थिक पत्रकारहरुलाई मात्र सहभागी गराई आयोजना गरेको प्रशिक्षण कार्यक्रमले पूँजी बजारको समाचार लेखनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । आर्थिक पत्रकारिताभित्र पनि पूँजीबजारलाई प्राथमिकतामा राखेर समाचारहरु सम्प्रेषण हुदैं आएको अवस्थामा यो प्रशिक्षणले महिला आर्थिक पत्रकारहरूमा सिकाइको एउटा इँटा थप हुने अपेक्षा समेत डा. अधिकारीले व्यक्त गरे ।

त्यस्तै, फेजाकी अध्यक्ष शर्मिला ठकुरीले पूँजीबजारका विषयमा समाचार लेख्ने आर्थिक पत्रकारमध्ये महिला पत्रकारको संख्या बढी रहेको उल्लेख गरिन । उनले भनिन्, ‘पत्रकारको काम खोज्ने नै हो । तर, त्यसका लागि सिकाइ आवश्यक पर्छ । हामीले खोज्ने विषयमा सम्बन्धित क्षेत्रले थप विषय विज्ञताका लागि जानकारी दिने, तालिम तथा सिकाइ सम्बन्धी विभिन्न कार्यक्रम गरिदिन आवश्यक छ ।’

नेपालको धितोपत्र प्राथमिक तथा दोस्रो बजार र एसएमइज प्लेटफर्म, बुक विल्डिङ विधि, धितोपत्र बजारको आधारभूत विश्लेषण, धितोपत्र बजार नियमन तथा सुपरिवेक्षण लगाएतका विषयलाई प्राथमिकतमा राखेर बोर्डले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

प्रशिक्षण कार्यक्रममा धितोपत्र बजार र एसएमईज प्लेटफर्मको विषयमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, धितोपत्र बजारको आधारभूत विश्लेषणको लागि बोर्डका चार्टर्ड एकाउन्टेन्ट सुरज पराजुली, बुक विल्डिङ विधिका लागि बोर्डका उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी, नेपालको धितोपत्र दोस्रो बजारका विषयमा नेप्सेका प्रबन्धक निरञ्जन फुयाल र धितोपत्र बजार नियमन तथा सुपरिवेक्षणको विषयमा बोर्डका निर्देशक रञ्जना थकुलवटले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीबाट उठेका प्रश्नको जवाफका लागि भने बोर्डका उपकार्यकारी निर्देशक एवम् प्रबक्ता निरञ्जय घिमिरे र तेज प्रसाद देवकोटाले सहजीकरण गरेका थिए ।

 

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...