CG Electronics
Ncell NPL
TATA Banner

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।

पुष २८ गते आइतबारको दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

“माटो देखि सफलता सम्म” भन्ने यसको मूल नाराका साथ २०८१ साल बैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लि.को स्थापना भएको हो । कम्पनीले कृषिलाई सजाँयको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पु¥याउने लक्ष्य लिएको छ । कम्पनीले कृषिको ई–कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापना जस्ता महत्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरुलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ ।

लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढि प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ । शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ । अधिकृत पूँजी रु. ५० करोड, जारी पूँजी रु. २५ करोड रहेकोमा भविष्यमा रु. ५० करोड जारी पूँजी पुर्याउने योजना रहेको यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरु आवद्ध भइसकेका छन् ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३४

  काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ...

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २०...

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:२८

  काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना...

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०७

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो...

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI ‘खुशी’

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०३

डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई,...