Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेटा अटोको थाईल्यान्डमा सफलता र नेपालमा बढ्दो बिक्रि

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । चिनीयाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गरेको छ। यसैगरी, ग्लोबल ब्रान्ड सेल्समा पनि यसले तेस्रो स्थान प्राप्त गर्ने सफलतासम्म पुग्न सफल भएको छ। कम्पनीको यस उपलब्धिले अन्तर्राष्ट्रिय बजारमा यसको प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ।

नेटा अटोले आगामी वर्षमा अझ आक्रमक रणनीतिहरूसँग विश्व बजारमा स्थान विस्तार गर्ने योजनासमेत बनाएको छ। नेपालमा पनि यसको बिक्रीमा वृद्धि भइरहेको छ। नेपालका लागि नेटा ब्रान्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका दुबै मोडलका कारहरू नेपालमा उपलब्ध गराउँदै आएको छ, जसका साथ ग्राहकहरूलाई थप सेवा र सुबिधा पनि प्रदान गर्दै आएको बताइएको छ।

Neta V क्रसओभर वर्गमा एउटा प्रमुख इलेक्ट्रिक वाहन (EV) विकल्पको रूपमा देखा परेको छ। यसको 40.7 kW ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि 50 kW मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। यसको 120 Nm टर्कले सवारीलाई तिव्र र गतिशील बनाउँछ। Neta V को ब्याट्री 20 मिनेटमा 30% बाट 80% सम्म चार्ज गर्न सक्छ र एकल चार्जमा 380 किमी भन्दा बढी यात्रा गर्न सकिन्छ। यसमा CATL का लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसको ८ वर्ष वा 150,000 किमि वारंटी पनि छ।

NETA X एक आकर्षक इलेक्ट्रिक एसयुभी हो, जसले एकल चार्जमा 500 किमी सम्म यात्रा गर्न सक्छ। यसमा 185 मिमि ग्राउन्ड क्लियरन्स रहेको छ, जसले चालकलाई सुरक्षा र सुविधा महसुस गराउँछ। यसमा पनि CATL का लिथियम आयरन फस्फेट ब्याट्रीहरूको प्रयोग गरिएको छ र ८ वर्ष वा 180,000 किमि वारंटी प्रदान गरिएको छ। यी सबै सुविधाहरूले NETA X लाई एक बहुपरकारी र पर्यावरणमैत्री वाहनको रूपमा प्रस्तुत गरेको छ।

नेटा अटोले नेपालमा समेत आफ्नो उपस्थिती बढाउँदै, ग्राहकहरूको आवश्यकता र सेवामा विशेष ध्यान दिइरहेको छ।

सिप्रदी अटोपार्ट्सको लक्की ड्र: विजेताहरूले पाए मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

सिप्रदी अटोपार्ट्सको लक्की ड्र: विजेताहरूले पाए मोटरसाइकल,...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२१

काठमाडौं, नेपाल – सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको...

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:१०

  काठमाडौं, नेपाल – भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता...

७० दिनपछि पुन : संचालनमा आयो टाटा मोटर्स थापाथली शोरुम, महाप्रबन्धक सिजापतिले थप सुविधा दिने दाबी

७० दिनपछि पुन : संचालनमा आयो टाटा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:५३

  काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त, बुटवलमा नयाँ शो–रूमको उद्घाटन

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त,...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:४४

बुटवल । नेपालको लागि जिली EX5 इलेक्ट्रिक सवारीसाधनको आधिकारिक आयातकर्ता...

७० दिनपछि पुन : संचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी

७० दिनपछि पुन : संचालनमा आयो टाटा...

वि.सं.२०८२ मंसिर १ सोमवार १७:०५

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका...

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०९:००

  बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ताएमएडब्लू वृद्धि...