CG Electronics
IME Life
Ncell NPL

नेटा अटोको थाईल्यान्डमा सफलता र नेपालमा बढ्दो बिक्रि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । चिनीयाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गरेको छ। यसैगरी, ग्लोबल ब्रान्ड सेल्समा पनि यसले तेस्रो स्थान प्राप्त गर्ने सफलतासम्म पुग्न सफल भएको छ। कम्पनीको यस उपलब्धिले अन्तर्राष्ट्रिय बजारमा यसको प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ।

नेटा अटोले आगामी वर्षमा अझ आक्रमक रणनीतिहरूसँग विश्व बजारमा स्थान विस्तार गर्ने योजनासमेत बनाएको छ। नेपालमा पनि यसको बिक्रीमा वृद्धि भइरहेको छ। नेपालका लागि नेटा ब्रान्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका दुबै मोडलका कारहरू नेपालमा उपलब्ध गराउँदै आएको छ, जसका साथ ग्राहकहरूलाई थप सेवा र सुबिधा पनि प्रदान गर्दै आएको बताइएको छ।

Neta V क्रसओभर वर्गमा एउटा प्रमुख इलेक्ट्रिक वाहन (EV) विकल्पको रूपमा देखा परेको छ। यसको 40.7 kW ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि 50 kW मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। यसको 120 Nm टर्कले सवारीलाई तिव्र र गतिशील बनाउँछ। Neta V को ब्याट्री 20 मिनेटमा 30% बाट 80% सम्म चार्ज गर्न सक्छ र एकल चार्जमा 380 किमी भन्दा बढी यात्रा गर्न सकिन्छ। यसमा CATL का लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसको ८ वर्ष वा 150,000 किमि वारंटी पनि छ।

NETA X एक आकर्षक इलेक्ट्रिक एसयुभी हो, जसले एकल चार्जमा 500 किमी सम्म यात्रा गर्न सक्छ। यसमा 185 मिमि ग्राउन्ड क्लियरन्स रहेको छ, जसले चालकलाई सुरक्षा र सुविधा महसुस गराउँछ। यसमा पनि CATL का लिथियम आयरन फस्फेट ब्याट्रीहरूको प्रयोग गरिएको छ र ८ वर्ष वा 180,000 किमि वारंटी प्रदान गरिएको छ। यी सबै सुविधाहरूले NETA X लाई एक बहुपरकारी र पर्यावरणमैत्री वाहनको रूपमा प्रस्तुत गरेको छ।

नेटा अटोले नेपालमा समेत आफ्नो उपस्थिती बढाउँदै, ग्राहकहरूको आवश्यकता र सेवामा विशेष ध्यान दिइरहेको छ।

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस (3S) सुविधासहित सेवा उपलब्ध

बुढानीलकण्ठमा यामाहा नेपालको १०३औँ शोरूम उद्घाटन: ३एस...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:२१

  काठमाडौं। यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...