CG Electronics
Ncell NPL
NIMB

नेशनल लाइफले ल्यायो ‘बाल अमृत–४’ सावधिक बीमालेख

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ।नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेकोछ ।

जुम मिटिङ मार्फत जोडिनु भएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृतज्यूले यस बीमालेखको समुद्घाटन गर्नु हुँदै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको बताउनु भयो ।

यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माज्युले प्रष्ट्याउनु हुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान रहेको छ ।

यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको बताउनु भयो ।

 

यस बीमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताउनु भयो साथै वहाँले सम्पुण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताउनु भयो ।

 

CG Electronics
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा जारी

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:३३

  काठमाडौँ । United Ajod Insurance Limited ले आगामी निर्वाचन...

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै...