पुराना गाडी साटेर नयाँ बीवाईडी ईभी लिने मौका, माघ ९ देखि देशभर एक्सचेन्ज फेस्ट

Wednesday Jan 22, 2025
वि.सं.२०८१ माघ ९ बुधवार ०८:४७

काठमाडौं। बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले माघ ९ देखि १३ गतेसम्म देशभर ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर बीवाईडीको नयाँ विद्युतीय गाडी (ईभी) किन्न सक्नेछन्।
बीवाईडीको लोकप्रिय मोडेलहरू एट्टो ३, डल्फिन, र एम६ का लागि यो अवसर उपलब्ध हुनेछ। कार्यक्रममा सहभागी हुनेले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकनका साथै थप एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निःशुल्क प्रिमियम एसेसोरिज, र चार्जर जडान सेवा प्राप्त गर्न सक्नेछन्।
देशभरका कार्यक्रम स्थलहरू
काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगञ्ज, र नारायणघाट मा एक्सचेन्ज फेस्ट सञ्चालन गरिनेछ।
नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय गाडी ब्रान्ड मानिने बीवाईडीले बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारमा गरेको लगानीका कारण ग्राहकको मन जित्दै आएको छ। यो एक्सचेन्ज फेस्टले विद्युतीय गाडीको मागलाई थप बढाउने विश्वास गरिएको छ।
https://cimex.com.np/exchange