Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका प्रभावित परिवारलाई कम्बल वितरण गरिएको हो ।

१ माघमा एक कार्यक्रमको आयोजना गरी जाजरकोटको नलगाड नगरपालिका–१ का अध्यक्ष धनबहादुर महर र २ माघमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का अध्यक्ष इन्द्रबहादुर गिरीको उपस्थितिमा प्रभावितहरूलाई कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

 

यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।

बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

 

त्यसअवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यसवर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।

१७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको थियो ।

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार २२:५६

  काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक...

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ...

वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

  काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी...

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल...

वि.सं.२०८१ माघ ३० बुधवार २२:१२

  काठमाडौँ, २०८१ फाल्गुन २ - नेपालको कृषि क्षेत्रलाई अगाडि...

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

वि.सं.२०८१ माघ ३० बुधवार २२:०२

  काठमाडौँ । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले...