Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सानिमा रिलायन्सका कर्मचारी अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत उत्कृष्ट कर्मचारीहरू भारतको मुम्बईमा आयोजना हुने अन्तर्राष्ट्रिय बीमा तालिममा सहभागी भएका छन्। माघ ७ देखि ९ गतेसम्म भारतीय बीमा संस्थानमा सञ्चालन हुने तीन दिने तालिमले बीमा व्यवसायमा आबद्ध कर्मचारीहरूको ज्ञान र सीप अभिवृद्धिमा योगदान पुर्याउनेछ।

बीमा शिक्षा र तालिमको क्षेत्रमा ख्यातिप्राप्त यस संस्थानले व्यवसायिक प्रमाणपत्र प्रदान गर्नुका साथै विविध परीक्षाहरू सञ्चालन गर्दै आएको छ। तालिमका प्रमुख विषयहरूमा बजार प्रवर्द्धन र बिक्री रणनीति, वितरण व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया, र परामर्श कौशल समावेश गरिएका छन्।

प्रशिक्षणमा सहभागी कर्मचारीहरूलाई बिदाइ गर्दै सानिमा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूको चयन प्रशंसनीय रहेको र यस्ता तालिमले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। साथै, सिकेको ज्ञान अन्य सहकर्मीहरूसँग बाँड्न र कम्पनीको लक्ष्य हासिल गर्न उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

यो तालिममा शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरूको सहभागिता रहेको छ।

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार २२:५६

  काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक...

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ...

वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

  काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी...

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल...

वि.सं.२०८१ माघ ३० बुधवार २२:१२

  काठमाडौँ, २०८१ फाल्गुन २ - नेपालको कृषि क्षेत्रलाई अगाडि...

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

वि.सं.२०८१ माघ ३० बुधवार २२:०२

  काठमाडौँ । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले...