Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृतीे

Machhapuchchhre Bank Limited

 

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभावाट अग्राधिकार शेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृती प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताउनुभयो । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रयमासिक समिक्षामा गरेको व्यवस्था वमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत आषाढ १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएको थियो ।

नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएसँगै बैंकले गत आषाढ १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर वढ्न जानेछ । हालको वजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभासं प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्ययम हुने बैंकले जनाएको छ ।

अव, नेपाल धितोपत्र वोर्डको स्वीकृती पश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर विक्रीको लागि आव्हान हुने र सम्वन्धीत नियामकिय निकायको स्वीकृती पश्चात स्टक एक्सचेञ्जमा सुचिकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले वताउनुभयो ।

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार २२:५६

  काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक...

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ...

वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

  काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी...

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल...

वि.सं.२०८१ माघ ३० बुधवार २२:१२

  काठमाडौँ, २०८१ फाल्गुन २ - नेपालको कृषि क्षेत्रलाई अगाडि...

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

वि.सं.२०८१ माघ ३० बुधवार २२:०२

  काठमाडौँ । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले...