Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अमोडाका इभी गाडीहरु नेपालका लागि सुहाउँदो छन् : मुख्मन्त्री लामा

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी(विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित अमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा उनले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताए ।


उनले भने, ‘अमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ । नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ । पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ । त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ ।’

यसको साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनि चार्जिङ् पोइन्टहरु कम भएको भन्दै यसको लागि नेपाल सरकार र बागमती प्रदेशले पैसा छुटाएको बताए ।

उनले भने, ‘इलेक्ट्रिक गाडीहरु ल्याएपछि यसलाई चार्ज गर्नको लागि ठाँउहरु भने हुनुपर्ने कुरा पनि छ । चार्जिङ् पोइन्टहरु पनि छन् तर यसलाई बढाउनका लागि सरकार र बागमती प्रदेशले पनि चार्जिङ् पोइन्टहरु लागि केही पैसा छुटाएका छौं र यसलाई व्यवस्थित गर्नको लागि श्रम रोजगार तथा यातायात मन्त्रालयले पनि यसलाई गम्भिरताका साथ हेरेको छ ।’

यसको साथै राजस्व घरमै बसेर तिर्न सक्ने, पूरानो व्यवस्थाहरुलाई पनि अध्यावधि गरेर सुलभ बनाउने र २० वर्ष भएका गाडीहरुलाई सबैको जाँच गरेर त्यसलाई नष्ट गर्ने कि पुननिर्माण गर्ने भन्ने खालको व्यवस्थापन पनि गरेका उनको भनाई छ ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४१

  काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:१७

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...