Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपालको खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित हुँदै गएको कम्पनी यशोदा फुड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोडभन्दा माथि कारोबार रहेको यशोदा फुड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूबेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

शुक्रबार, काठमाडौंमा एक समारोहको आयोजना कम्पनीले उक्त घोषणा गरेको हो । कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरकेा थिए ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि परिचित छन् ।

उनको अनुभव तथा विशेषज्ञता प्रडक्सन, ईञ्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिङ तथा एडभरटाइजिङ लगायत रहेका छन् ।

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार २२:५६

  काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक...

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ...

वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

  काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी...

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल...

वि.सं.२०८१ माघ ३० बुधवार २२:१२

  काठमाडौँ, २०८१ फाल्गुन २ - नेपालको कृषि क्षेत्रलाई अगाडि...

साइग्रेस पोख्रेल आइएमईको स्टोरी एम्बेसडर नियुक्त

साइग्रेस पोख्रेल आइएमईको स्टोरी एम्बेसडर नियुक्त

वि.सं.२०८१ माघ २९ मंगलवार २३:५३

  काठमाडौँ । स्टोरीटेलिङ (कथावाचन) क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका...