Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री

 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले भने, ‘जिन्दगीभरी धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसावले चापमा छौं । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ । हिजोको तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।’

साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताए । उनले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समिक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सहि ढंगले काममा लाग्नको लगि भन्सार विभागका सबै कर्मचारिहरुलाई आग्रह गरे ।

भन्सार विभाग थप जिम्मेवार र उत्तरदायी

यसैगरी नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको बताएका छन् । उनले मुलुकको समग्र विकासको लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताए ।
उनले भने,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ । तर भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ ।

विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावगलोकनका आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु उद्योग महासंघले दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’

साथै उनले भन्सार विभागले राजश्वमा संकलनमा उच्च ध्यान दिनुपर्ने बताए ।

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...