CG Electronics
Ncell NPL
TATA Banner

कामना सेवा विकास बैंकद्वारा ९% लाभांशसहित ३५ करोड रुपैयाँको अग्राधिकार सेयर जारी हुने

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशत वार्षिक लाभांशदरका साथ ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख कित्ता अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्ने तयारी गरेको छ।

बैंकले यो सेयरको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई प्रदान गरेको छ। बैंकले पूरक पूँजी वृद्धि गर्ने उद्देश्यले यो अग्राधिकार सेयर जारी गर्न लागेको हो।

९ प्रतिशत वार्षिक लाभांशदर भएको यो अग्राधिकार सेयर अविमोच्य हुने भएकाले भुक्तानी अवधि तोकिएको छैन। परिपत्र विधिबाट निष्काशन गरिने सेयरले बैंकको पूँजी संरचना थप सुदृढ गर्ने विश्वास लिइएको छ।

यस विषयमा भएको सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

कामना सेवा विकास बैंकले यो सेयर निष्काशनमार्फत पूँजी संरचनालाई बलियो बनाउँदै लगानीकर्ताहरूमाझ थप विश्वास निर्माण गर्ने लक्ष्य राखेको छ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३४

  काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ...

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २०...

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:२८

  काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना...

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०७

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो...

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI ‘खुशी’

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०३

डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई,...