CG Electronics
Ncell NPL
NIMB

नबिल एसएसई फेलोसिप कार्यक्रम: युवा उद्यमशीलताको नयाँ युगको उद्घाटन

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘Celebrating Fellowship, Journey of Impacts’ कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजित कार्यक्रममा दोस्रो र तेस्रो कोहर्टका सहभागीलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथो कोहर्टका सहभागीहरूको स्वागत गरिएको थियो।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। फेलोसिप कार्यक्रमका सहभागीहरूले नवीन उद्यममार्फत प्राप्त उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे छलफल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि त्रिवि उपकुलपति प्रा. डा. केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवद्र्धनका लागि महत्वपूर्ण भएको उल्लेख गरे। ‘यो कार्यक्रमले युवाहरूमा जागिर खाने होइन, जागिर दिने मानसिकता विकसित गर्नेछ,’ उनले भने।

नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले नेपाली युवालाई रोजगारदाता बन्न प्रेरित गरिरहेको बताए। उनले नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे समेत चर्चा गरे।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गत चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहले ४५ वटा उद्यम स्थापना गरी हालसम्म १,२०० भन्दा बढीलाई रोजगारी प्रदान गरिसकेको जानकारी दिए। उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप स्वदेशमै सदुपयोग गर्न सकिने धारणा व्यक्त गरे।

यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरियो। प्रशिक्षकहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको थियो। साथै, सहभागी उद्यमीहरूले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टल राखिएका थिए।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन्। नबिल एसएसईमार्फत हालसम्म ११७ उद्यम स्थापना भई १,२०० भन्दा बढी रोजगारी सिर्जना भइसकेको छ। बैंकका अनुसार, सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थाबाट सञ्चालन भइरहेको छ।

नबिल बैंकको यो पहलले नेपाली उद्यमशीलताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

CG Electronics
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा जारी

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:३३

  काठमाडौँ । United Ajod Insurance Limited ले आगामी निर्वाचन...

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै...