Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नबिल एसएसई फेलोसिप कार्यक्रम: युवा उद्यमशीलताको नयाँ युगको उद्घाटन

Machhapuchchhre Bank Limited

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘Celebrating Fellowship, Journey of Impacts’ कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजित कार्यक्रममा दोस्रो र तेस्रो कोहर्टका सहभागीलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथो कोहर्टका सहभागीहरूको स्वागत गरिएको थियो।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। फेलोसिप कार्यक्रमका सहभागीहरूले नवीन उद्यममार्फत प्राप्त उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे छलफल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि त्रिवि उपकुलपति प्रा. डा. केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवद्र्धनका लागि महत्वपूर्ण भएको उल्लेख गरे। ‘यो कार्यक्रमले युवाहरूमा जागिर खाने होइन, जागिर दिने मानसिकता विकसित गर्नेछ,’ उनले भने।

नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले नेपाली युवालाई रोजगारदाता बन्न प्रेरित गरिरहेको बताए। उनले नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे समेत चर्चा गरे।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गत चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहले ४५ वटा उद्यम स्थापना गरी हालसम्म १,२०० भन्दा बढीलाई रोजगारी प्रदान गरिसकेको जानकारी दिए। उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप स्वदेशमै सदुपयोग गर्न सकिने धारणा व्यक्त गरे।

यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरियो। प्रशिक्षकहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको थियो। साथै, सहभागी उद्यमीहरूले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टल राखिएका थिए।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन्। नबिल एसएसईमार्फत हालसम्म ११७ उद्यम स्थापना भई १,२०० भन्दा बढी रोजगारी सिर्जना भइसकेको छ। बैंकका अनुसार, सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थाबाट सञ्चालन भइरहेको छ।

नबिल बैंकको यो पहलले नेपाली उद्यमशीलताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...