Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले कार्यभार सम्हाले

Machhapuchchhre Bank Limited

 

ललितपुर । कुपण्डोल – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको पदभार सम्हाल्नुभएको छ। यसअघि, आजै माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयमा अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

नेपाल सरकारको मन्त्रिपरिषद्को हिजो बसेको बैठकले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै अध्यक्ष ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो।

अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेको परिवर्तनलाई महशूस गर्न सकिने र सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिनुभयो। उहाँले बीमा ऐन, नियम, निर्देशिका र मापदण्ड बमोजिम अगाडि बढ्ने र प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने बताउनुभयो। साथै, आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई पनि कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो।

अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउने, बीमितको हित संरक्षण गर्ने, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शीघ्र निपटान गर्ने र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवम् प्राधिकरण संचालक समितिका सदस्य मदन दहाल उपस्थित हुनुहुन्थ्यो। नवनियुक्त अध्यक्ष ओझालाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो।

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...