सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४ प्रदान

Tuesday Feb 25, 2025
वि.सं.२०८१ फागुन १३ मंगलवार ०९:१२

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई HRM नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ। यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीहरू मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्सले यो प्रतिष्ठित पुरस्कार जित्न सफल भएको हो।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन, र अन्य प्रमुख पक्षहरूको अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट कम्पनीको रूपमा मनोनित गरी यो पुरस्कार प्रदान गरिएको हो।
फाल्गुण १३ गते मङ्गलबार आयोजित भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बी.सीलाई आयोजक समितिका तर्फबाट यो अवार्ड प्रदान गरिएको हो।
सिटिजन लाइफ इन्स्योरेन्सले नेपालमा बीमाको दिगो विकास रणनीति अन्तर्गत बीमाको पहुँच बढाउने र जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको छ। कम्पनीले आफ्नो स्थापनाको छोटो अवधिमै नै उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रदान गर्दै आएकोमा यो पुरस्कारले कम्पनीको प्रयासलाई अझ प्रमाणित गरेको छ।
यो पुरस्कार प्राप्त गरेपछि सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो उपलब्धि कम्पनीका सम्पूर्ण कर्मचारी, ग्राहक, र हितधारकहरूको साझा प्रयासको फल हो भनेर बताउँदै यसले कम्पनीलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको कुरा जनाए।