Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गर्नु भएको छ ।

नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गर्नु भएको हो । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।

नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरि सहकार्य गर्न राजदूत बास समक्ष आग्रह गर्नु भयो ।

“ नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधी क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरु रहेका छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरुबाट दुबै देशले फाइदा लिन सक्नन् । तसर्थ म इजरायली लगानीकर्तालाई राजदूत मार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु । ” उहाँले भन्नुभयो ।

इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहि आएको चर्चा गर्दै आफ्‌नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

“ इजरायल नेपालको पूरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेका छौं । खासगरि साना किसान सहकारी मार्फत नेपालीहरुलाई इजरायमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरुले फाइदा लिएका छन् । ” उहाँले भन्नु भयो ।

राजदूत बासले महासंघसंग सहकार्यकार्यका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आससी सहकार्यलार्ई थप प्रभावकारी बनाइने धारणा राख्नु भयो ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...