शिवम् सिमेन्टलाई ‘कर्पोरेट एक्सेलेन्स’ अवार्ड

Thursday Feb 27, 2025
वि.सं.२०८१ फागुन १५ बिहीवार ०१:३४

काठमाडौं, फागुन १३ – शिवम् सिमेन्ट्स लिमिटेडले ‘अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स २०२४’ को म्यानुफ्याक्चरिङ श्रेणीमा उत्कृष्ट उपलब्धि हासिल गरेको छ। कर्पोरेट क्लब नेपाल प्रालि र एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्सको संयुक्त आयोजनामा यो सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनी तथा संस्थालाई सम्मानित गरिएको थियो। शिवम् सिमेन्टले उत्पादनमूलक उद्योगमा आफ्नो उत्कृष्ट योगदान र गुणस्तरीय उत्पादनका कारण यो अवार्ड प्राप्त गरेको हो।
शिवम् सिमेन्ट लिमिटेडले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचबाट सम्मान प्राप्त गरिसकेको छ। यो अवार्डले कम्पनीको उत्पादन र प्रबन्धन क्षमतालाई अझ बढी मान्यता दिएको छ।
कम्पनीका प्रतिनिधिहरूले यो सम्मान कम्पनीका सम्पूर्ण कर्मचारी, ग्राहक तथा साझेदारहरूको सहयोगको फल हो भनेर बताएका छन्। उनीहरूले यो उपलब्धिले उनीहरूलाई अझ बढी गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रेरित गरेको बताएका छन्।