CG Electronics
Ncell NPL
NIMB

युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्ने

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताएका हुन् ।

‘तपाईंहरुमाथि तपाईंको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ ।

त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ’, सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा÷छात्रालाई शुुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायत उपस्थित थिए ।

कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भूटान स्काउटको प्रमण्डल पनि सहभागी थियो ।
युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ वि स. २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।

यस आर्थिक वर्षका यसका सात हजार सात सय चार छात्र÷छात्रा रहेकामा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य दिइएको छ । हालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...