CG Electronics
Ncell NPL
TATA Banner

नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ मा आयोजना हुने

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख ७ गते (अप्रिल २०) काठमाडौंमा आयोजना हुने भएको छ। यो समिट नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्वर अफ कमर्स (एनसिसि) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)ले संयुक्त रूपमा आयोजना गर्ने भएको छ। समिटको आयोजनाबारे सोमवार चेम्वर भवन जमलमा एनसिसि र एनबिआईबीच सम्झौता भएको थियो।

“Economy for a Sustainable and Resilient Future” को मुल नाराका साथ आयोजना हुने यस वर्षको समिटमा आर्थिक, बैंकिङ, उद्योग, व्यवसाय तथा अन्य सम्भावनाशील क्षेत्रहरूमा देखिएका चुनौती तथा अवसरहरूमा केन्द्रित गरिएका विषयहरूमा छलफल हुनेछ। यसैगरी, स्वदेशी तथा विदेशी विज्ञ, उद्यमी, युवा तथा महिला उद्यमीहरूको सहभागितामा गहन छलफल, बहस तथा अन्तरक्रिया गरिनेछ। समिटबाट प्राप्त हुने सुझावहरू समेटिएको निष्कर्ष प्रतिवेदन बनाई सरकारी तहलाई पेश गरिनेछ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले यो समिटले तीनै तहका सरकार र निजी क्षेत्रबीच विश्वास बढाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकजुटता बढाउने भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक विशाल गैरेले यस समिटले चीन र भारत जस्ता ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकहरूसँगको सहकार्यलाई बलियो बनाउने बताए। उनले यसले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने र बाह्य लगानीलाई आकर्षित गर्ने भूमिका खेल्ने बताए। यसैगरी, दिगो बैंकिङ विकास, औद्योगिकीकरण, कृषि, पर्यटन, जलविद्युत, प्रविधि, साना तथा मझौला उद्योग, स्टार्टअप व्यवसाय, भेन्चर क्यापिटल, इक्यूबेसन जस्ता क्षेत्रमा लगानी बढाउने मार्ग प्रशस्त गर्ने उद्देश्य राखिएको छ।

समिटमा संघीय सरकारका उच्च राजनीतिक तथा प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/संचालक, उद्योगी, व्यवसायी, युवा तथा महिला उद्यमी, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्किएका जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरू सहभागी हुनेछन्। जम्मा ५ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसरी, नेपाल बिजनेस समिटले देशको आर्थिक विकासका लागि महत्वपूर्ण मंचको भूमिका निर्वाह गर्ने अपेक्षा छ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३४

  काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ...

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २०...

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:२८

  काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना...

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०७

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो...