Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न

 

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा गठन गरेको वीमेन्स फोरमले अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरेको छ। कम्पनीका महिला कर्मचारीहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले गठन गरिएको यस फोरमले कार्यस्थलमा महिलाहरूको भूमिका र सहभागितालाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ।

कार्यक्रममा मुख्य अतिथि र वक्ताका रूपमा नेपाल धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहालले वित्तीय क्षेत्रमा महिलाहरूको भूमिका, चुनौतीहरू र अवसरहरूबारे आफ्नो अनुभव साझा गरिन्। उनले महिलाहरूले आफैंले पहल गर्नुपर्ने र पुरुषले पनि सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले महिला सशक्तिकरणका लागि वित्तीय साक्षरता र व्यावसायिक क्षमता विकासको महत्वलाई पनि उजागर गरिन्।

कार्यक्रमको अर्को आकर्षण थियो कम्पनीका कर्मचारीहरू बीच आयोजित “रचनात्मक साहित्यिक प्रतियोगिता”। यस प्रतियोगितामा सहभागी ५ जना कर्मचारीहरूले आफ्नो रचना प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतिभागीहरूलाई कम्पनीले पुरस्कृत गरेको छ।

सिटिजन वीमेन्स फोरमकी संयोजक रिता पाठकले फोरमले महिलाहरूको भूमिकालाई प्रोत्साहन गर्ने र लैङ्गिक समानता कायम गर्ने दिशामा विभिन्न शैक्षिक र सामाजिक कार्यक्रमहरू संचालन गर्ने योजना रहेको बताइन्। उनले फोरमले महिला कर्मचारीहरूका लागि सुरक्षित र समावेशी कार्यस्थल बनाउन प्रतिबद्धता जाहेर गरिन्।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रतिबद्धता दोहोर्याउँदै यस्ता कार्यक्रमहरूले महिला सशक्तिकरणमा ठूलो भूमिका खेल्न सक्ने बताए।

सिटिजन वीमेन्स फोरमले आगामी दिनहरूमा पनि महिला सशक्तिकरण र लैङ्गिक समानताका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। यसरी कम्पनीले आफ्ना महिला कर्मचारीहरूको सहभागिता र सशक्तिकरणलाई प्राथमिकता दिँदै उत्कृष्ट कार्यस्थल निर्माण गर्ने प्रयास जारी राखेको छ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...