CG Electronics
IME Life
Ncell NPL

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गराएको छ। कम्पनीको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौंको शंखमुलस्थित अनमोल बैंक्वेटमा यो सभा आयोजना गरिएको थियो।

साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरेको थियो। २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाएका थिए।

साधारणसभाले आ.व. २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन लगायतका प्रतिवेदनहरु पारित गरेको छ। साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले रु. २१,८७,६३,७७३ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय पारित गरिएको छ। यसै सभाबाट आ.व. २०८१/०८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पनि अनुमोदन भएको छ।

साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीले प्रविधि र प्रतिभामा गरेको लगानीबाट दीर्घकालिन लाभ प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी बनाउने लक्ष्य राखेको पनि जानकारी दिनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमती अन्जु श्रेष्ठले नवीनतम प्रविधिको प्रयोगबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने र कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो।

साधारणसभामा शेयरधनीहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतले आफ्ना विचार राख्नुभएको थियो। कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा अधिकांश शेयरधनीहरुले खुशी व्यक्त गर्नुभएको थियो।

 

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...