Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गराएको छ। कम्पनीको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौंको शंखमुलस्थित अनमोल बैंक्वेटमा यो सभा आयोजना गरिएको थियो।

साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरेको थियो। २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाएका थिए।

साधारणसभाले आ.व. २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन लगायतका प्रतिवेदनहरु पारित गरेको छ। साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले रु. २१,८७,६३,७७३ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय पारित गरिएको छ। यसै सभाबाट आ.व. २०८१/०८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पनि अनुमोदन भएको छ।

साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीले प्रविधि र प्रतिभामा गरेको लगानीबाट दीर्घकालिन लाभ प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी बनाउने लक्ष्य राखेको पनि जानकारी दिनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमती अन्जु श्रेष्ठले नवीनतम प्रविधिको प्रयोगबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने र कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो।

साधारणसभामा शेयरधनीहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतले आफ्ना विचार राख्नुभएको थियो। कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा अधिकांश शेयरधनीहरुले खुशी व्यक्त गर्नुभएको थियो।

 

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...